
हाम्रो २०२३ एन एस डब्ल्यु राज्य स्वयंसेवा प्रतिवेदनको लागि सर्वेक्षण अहिले उपलब्ध छ। अनुसन्धानको यो ऐतिहासिक हिस्सामा भाग लिनुहोस् र आफ्नो आवाज उठाउनुहोस्।
कुनै पनि स्तर वा कुनै पनि क्षमतामा स्वयंसेवा वा सामुदायिक सहभागितामा भाग लिने जो कोहीको लागि यो सर्वेक्षण खुल्ला छ। यसलाई पूरा गर्न १०–१५ मिनेट जस्तो मात्र लाग्छ।
सर्वेक्षण पूरा गरेर, तपाईंको समय र प्रयासको लागि धन्यवाद स्वरूप ३० x $१०० उपहार कार्डहरू मध्ये एक जित्न तपाईं स्वतः गोलाप्रथामा जानुहुनेछ। विजेताहरू before 5 December मा घोषणा गरिनेछन्।
सर्वेक्षणमा भाग किन लिने?
तपाईंको परिप्रेक्ष्यले तपाईंको समुदायमा स्वयंसेवाले कसरी काम गर्छ भन्ने हाम्रो बुझाइलाई आकार दिन मद्दत गर्नेछ – यसमा तपाईंका प्रेरणाहरू, परिस्थितिहरू, साथै चुनौतीहरू र अवरोधहरू पर्छन् – ताकि हामी तपाईंको आवश्यकताहरूका लागि अझ राम्रोसँग वकालत गर्न सक्छौँ। यसमा सारा एन एस डब्ल्युमा स्वयंसेवा सुधार गर्न भविष्यका नीतिगत निर्णयहरू र स्रोतहरूको विकासलाई सूचित गर्ने जस्ता कुराहरू समावेश छन्।
२०२१ मा गरिएको हाम्रो अघिल्लो एन एस डब्ल्यु राज्यको स्वयंसेवा प्रतिवेदनमा हामीले पत्ता लगाएका महत्त्वपूर्ण अन्तर्दृष्टिहरूका बारेमा जान्नका लागि, हाम्रो वेबसाइटमा हेर्नुहोस्।